परिक्षार्थीको प्रश्र : नेताका आफ्ना मान्छे र पुरानै कर्मचारी राख्नै पर्ने भए किन सुचना निकालिएको ?
बेलौरी । बेलौरी नगरपालिकाले करार सेवाका लागी सहायक कम्युटर अपरेटर पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।पालिकाले सार्वजनिक गरेको अन्तिम नतिजामा परीक्षार्थीले शंका गर्नुका साथै आक्रोशित पनि बनेका छन । नतिजा पारदर्शी नभएको भन्दै एक परिक्षार्थीले फेसबुक लाईभमै आएर गुनासो पोखेका छन ।
लिखित परिक्षामा सहभागी नरेश पाण्डेयले नतिजा पारदर्शी नभएको बताउदै पालिकामा नेताका आफ्ना मान्छे र पुरानै कर्मचारी राख्नै पर्ने भए किन सुचना निकालिएको प्रश्र समेत गरका छन । उनले एकै दिनमा नतिजा प्रकाशन हुने पालिकाबाट कुनै जानकारी नआएको बताएका छन ।
लाईभ मार्फत उनले यसो भने ‘हिजो १० बजे हुने भनिएको इग्जाम (परिक्षा ) १ घण्टा ढिला गरेर ११ बजेदेखि सुरु गरियो । लिखित परिक्षामा १० जना उम्मेदवारलाई पास गराईयो । ७ जनालाई अन्तरवर्ताका लागी छानियो । बाँकी ३ जनालाई बैकल्पिकमा समेत राखिएन । पलिकाको बेबसाईटमा राति १० बजे नतिजा प्रकाशित भयो तर सुचनामा ४ :४५मा प्रयोगात्मक हुन्छ भनेर भनिएको छ । म आफैले ५ बजेर १७ मिनेटमा हेर्दा कुनै सुचना प्रकाशित थिएन ।’
यदि उनिहरुलाई आफ्नो आसेपासेहरुलाई राख्न थिएन भने लिखित परिक्षा हलमा अथवा परिक्षा हुनुभन्दा पहिले जानकारी गराउनु पथ्र्यो भन्ने पाण्डेयले फेसबुक लाईभ मार्फत बताएका छन । ‘परिक्षा हलमा कुनै जानकारी भएन न त बेबसाईटमै सुचना आयो । सिधै राती ९-१० बजे प्रकाशित भएको छ । यसमा मेरो असहमती छ । यि घटनाक्रमले प्रष्ट हुन्छ की पुरानै कर्मचारी नियुक्त गर्न नेताका आसेपासेलाई भर्ना गराउन यो सुचना खोलिएको हो ‘उनले भने
यसबारे बुझ्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत सँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । उनले प्रयोग गर्ने ९८५८७२७१११ नम्बर मा सम्पर्क गर्न खोज्दा फोन उठेको छैन ।
अन्तिम ७ मा अमर चौधरी ,विनोद चौधरी ,कृष्ण बहादुर बुढा ,साहेवलाल चौधरी ,जगदिश चौधरी , जंग बहादुर चौधरी र मोहन राना छनौट भएका छन । यिनिहरुलाई ७ दिन भित्र नगरपलिकामा उपस्थित हुन भनिएको छ ।
माघ ७ गते प्रकाशित आवेदकहरुको अन्तिम नामावलीमा १५२ जनो उक्त पदमा आवेदन दिएका थिए । हिजो लिईएको लिखित परिक्षामा १०३ जना सहभागी थिए । लिखित परिक्षाको अन्तिम नतिजा हिजो दिउँसो करिब ४ बजे प्रकाशित गरिएको थियो । लिखित परिक्षाको नतिजा पछि प्रयोगात्मक परिक्षा पनि हिजो नै गरी राती करिब ९ बजे अन्तिम नामावली प्रकशित गरिएको हो । नगरपालिकाको सुचना अनुसार प्रयोगात्मक परिक्षाका लागी १० जना परिक्षार्थी सहभागी थिए ।
मंसिर महिनाको पहिलो हप्ता पलिकाले करार सेवाका लागी सव ईन्जीनियर पद र सहायक कम्युटर अपरेटर पदका लागी अन्तिम नामावली सार्वजनिक गरेको थियो । सव ईन्जीनियर पदको माघ १० गते अन्तिम नतिजा प्रकाशन गरिएको थियो ।


के छ नेपाल
प्रतिक्रिया दिनुहोस