३ दिनमै बेलडाँडी प्रहरीले ब्राउन सुगर सहित समत्यो ५ जना ,सशस्त्र प्रहरी हेरेको हेरै
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले आज बेलडाँडाडी गाँउपालिका २ क्याम्प चोकबाट २ दशमलव २६ ग्राम खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १८ सालघारी बस्ने २५ वर्षिय शेखर प्रसाद जोशी , सोहि नगरपालिका १५ निम्बुखेडा बस्ने २० वर्षिय ज्ञानु पाली र बेलौरी नगरपालिका ९ अण्डैया बस्ने २४ वर्षिय अरुण राना रहेका छन ।
उनिहरुको साथबाट लागु औषध सहित म २ प ३५६४ नम्बरको मोटर साईकल समेत बरामाद गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई अहिले ईलाका प्रहरी कार्यालय बेलडाँडीको हिरासतमा राखि अनुसन्धान अगाडी बढाइएको छ ।
प्रहरी स्रोतका अनुसार उनिहरुले नजिकै भारतको सिमाना गाँउ टिल्ला नम्बर ४बाट उक्त लागु औषध ल्याएका थिए । भारत सँग खुला सिमान जोडिएको उक्त क्षेत्रमा लागुऔषधको ओसारपसार नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती रहेको छ ।
अहिले भने ईलाका प्रहरी कार्यालय बेलडाँडीले लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । केहि दिन ११ गते प्रहरीले ५ ग्राम खैरो हेरोइन सहित २ जनालाई पक्राउ समेत गरेको थियो ।
प्रहरीले दैनिकी नै लागुऔषध बरामद गरिरहदा सिमा नजिकै रहेका सशस्त्र प्रहरीलाई भने यस तर्फ खासै चासो नदिएको स्थानियहरुले गुनासो गरिहेका छन । ईलाका प्रहरीका कार्यालय बेलडाँडीले ३ दिनमै ५ जनालाई पक्राउ गर्दा उनिहरु आउने बाटो भनेको सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडा नजिकको बाटो हो ।
टिल्ला नम्बर ४ बिओपी भुडा भन्दा १ किलोमिटरको दुरीमा पर्छ । उक्त ठाँउबाट बाट विगतबाटै लागुऔषध ओसारपसार भइरहेको स्थानिहरु बताउछन ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस