कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

के छ नेपाल
३ मंसिर २०८२ १३:३३

काठमाडों । दोस्रो संस्करणको नेपाल प्रिमिएर लिग एनपिएलको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राईनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १६६ रन बनायो ।

कर्णालीका लागि प्रियांक पंचालले सर्वाधिक ९० रन बनाए । अन्तिमा पवन सराफले २७ रनको आक्रमक ब्याटिङ गरे ।

चितवनका लागि सोहिल तनभिर ,सैफ अलि जैब र रवि बोपाराले समान १-१ विकेट लिए ।

आजै दोस्रो खेल दिउँसो ४ बजे पोखरा एभेन्जर्स र विराटनगर किंगस बीच हुने छ ।


धेरै पढिएको