विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

के छ नेपाल
३ कार्तिक २०८२ २०:०९

काठमाडौं । विपिन जोशीको शव भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ।

इजरायल सरकारले आज औपचारिक रूपमा बिदाइ गर्दै उनको शव नेपाल पठाउने तयारी गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव भोलि दिउँसो साढे दुई बजेको समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुग्नेछ।

शव नेपाल आइपुगेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिएको छ ।

 

 


धेरै पढिएको