जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘लुट्ने युवक पक्राउ

के छ नेपाल
२९ असोज २०८२ २०:०७

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले मंगलबार सुनाकोठीबाट ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् लाई पक्राउ गरेको हो ।

उनलाई गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ । परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो ।

उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन् । तर, हतियार बुझाएको प्रमाण नभेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।

 

 


धेरै पढिएको