काठमाडौंमा शाहिनूरको नयाँ शाखा ,आईजीपी कार्कीले गरे उद्घाटन
काठमाडौं । सुदूरपश्चिमका सफल व्यवसायी नरेन्द्र बहादुर शाह र आर्यन शाह ठकुरीले काठमाडौंमा शाहिनूरको नयाँ शाखा सञ्चालनमा ल्याएका छन ।
दुबैले काठमाडौंस्थित शंखमूलमा नयाँ शाखा सञ्चालनमा ल्याएका हुन । सलोनको यो ९औँ शाखा हो ।
आज शुक्रबार सलोनको उद्घाटन नेपाल प्रहरीका प्रमुख, आईजीपी दानबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।
शाह र ठकुरीले नयाँ शाखासहित व्यवसाय थालेकोमा आईजीपी कार्कीले बधाई एवं शुभकामनासमेत दिए ।
रेस्टुरेन्ट व्यवसायपछि शाहले शाहिनूर युनिसेक्स सलोनको सञ्चालन गर्दै काठमाडौंसम्म व्यवसायिक यात्रा विस्तार गरेका हुन भने उनका सहकमी ठकुरी पहिल्यैदेखि सौन्दर्य व्यवसायी हुन्।
शाहिनूर २०७९ सालदेखि सौन्दर्य व्यवसाय क्षेत्रमा सक्रिय रहेको छ। नयाँ शाखामा महिला तथा पुरुष दुवैका लागि हेयर स्टाइलिङ, स्किन केयर, मेकअप, फेसियल, स्पा, ब्राइडल मेकअप तथा अन्य आधुनिक सौन्दर्य सेवाहरू उपलब्ध रहेको जनाइएको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस