राजेश हमालले भेटे पाकिस्तानका पूर्वविदेशमन्त्री ,सम्झिए विगत

के छ नेपाल
१२ मंसिर २०८२ १८:१०

काठमाडौँ । अभिनेता राजेश हमालले पाकिस्तानका पूर्वविदेशमन्त्री तथा सचिव जलिल अब्बास अब्बानीलाई भेटेका छन ।

बुधबार उनले पाकिस्तानी दूतावास पुगेर अब्बाससँग भेट गरेका हुन । अब्बानीसँगको भेटमा पाकिस्तानी राजदूत अबरार ए हाश्मी पनि थिए ।

हमालले यसको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । पाकिस्तानमा नेपाली राजदूत हुँदा हृदयाघातबाट निधन भएका हमालका बुवा चुडाबहादुरसँग जोडिएका पाकिस्तानका पूर्वविदेशमन्त्री तथा सचिव जलिल अब्बास अब्बानीलाई भेट्न दूतावासमा पुगेको हमालले बताएका छन ।

हमालले लेखेका छन : ‘पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट्दा धेरै खुशी लाग्यो । मेरा बुबाले प्रमाणपत्र बुझाउँदादेखि उहाँ बित्दासम्म श्री जिलानी साथमा हुनुहुन्थ्यो । यो अवसरका लागि पाकिस्तानका महामहिम राजदूतलाई धन्यवाद । श्री जिलानीसँगको भेटले बुबासँगको सम्बन्धमा केही राहत दिलायो ।’

 


धेरै पढिएको