जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा दुईजनाविरुद्ध मुद्दा दर्ता

के छ नेपाल
३० असोज २०८२ १९:१२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

मुद्दामा काभ्रेको रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेकी २१ वर्षीय सोनाम तामाङ ९बुद्धिलाल थिङ० लाई प्रतिवादी बनाइएको छ।

अब जिल्ला अदालतले थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश गर्नेछ।

घटनापछि आफ्नै भतिजाको हत्या भएको भन्दै थापाका काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

 


धेरै पढिएको