बेलौरीमा प्रमुख प्रशासकिय अधिकृत छदै निमित्त प्रमुखबाट कर्मचारी छनौट , अवेदकहरुबाट उठाइयो ५० हजार राजस्व

के छ नेपाल
२२ माघ २०८१ १७:३४

बेलौरी । कञ्चनपुरको बलौरी नगरपालिकामा हाल चर्चामा भएको विषय कर्मचारी छनौटको छ । नगरपलिकाले दुई पदमा करार सेवामा भएको कर्मचारी छनौटमा चलखेल भएको भन्दै आरोप लागिरहेको छ ।

माघ १० गते भएको सव ईन्जिनियर पद र माघ १९ गते भएको सहायक कम्युटर अपरेटर पदको छनौट प्रकियालाई लिएर बेलौरीमा आ -आफ्नो तर्क भईरहेको छ । एकैदिन लिखित र प्रयोगात्मक परिक्षा भई अन्तिम नतिजा सार्वजनिक गरिदा बेलौरीमा अधिकांशले बिरोध गरिहेका छन । केहिले भने पलिकाले प्रकियागत तवरले छानोैट गरिएको प्रति सन्तुष्ट छन ।

पलिकाको कर्मचारी नियुक्ति राजनैतिक भागबण्डामा गरिएको र जनप्रतिनिधहरुले आफ्नो मान्छे नियुक्ति गराउन चलखेल भएको सम्म बताईरहेका छन । पलिकामा भएको छनौट नतिजाले पनि शंका गराउन थप बल पुगेको छ ।

निमित्त प्रमुखबाट कर्मचारी छनौट

मंसिरको पहिलो साता करार सेवमा खोलिएको सब इन्जिनियर र सहायक कम्युटर अपरेटरमा ८ जना नायाँ कर्मचारी नियुक्तिका लागी सुचना खोलिएको थियो । दुबै पदमा १६५ जनाले आबेदन दिए । दुबै पदको परिक्षा ढिलो गरी माघ महिना सरु भयो ।परिक्षा ढिलो हुनुको कारण भने अहिलेसम्म बुझिएको छैन । सुचना खोलिदा प्रमुख प्रशासकिय अधिकृत थिए तारा दत्त अवस्थी । स्रोतका अनुसार उनको सेवा सकिन अन्तिम ५ महिना जति भएकोले उनि यस विवादमा मुछिन चाहेनन ।

संघिय कार्यालय बाटै नयाँ हाकिम आउने भएकोले उनले नियुक्ति प्रकिया नयाँ हाकिमले गर्ने भन्दै केहि समय रोके । पुसमा नयाँ प्रशासकिय अधिकृतका रुपमा गणेश ऐर पलिकामा आए । उनि आउने वित्तिकै कर्मचारी छनौट गरिने तयारी भएपनि कार्यपलिकाको अन्य कामले उनले पनि यो काम गर्न चाहेनन ।सुचना खोलिएको समय लम्बिदै थियो । आबेदकहरु प्रतिक्षामा थिए परिक्षाको । प्रमुख प्रशासकिय अधिकृतले यसमा हात हल्न नचाहे पछि माघको पहिलो हप्ता कैलालीको बर्दगोरिया बाट बेलौरी मै कार्यरत झपिराज ओझालाई बेलौरी झिा्काइयो । अनि उनलाई थमाइयो निमित्त प्रमुखको जिम्मेवारी ।

प्रमुख प्रशासकिय अधिकृत ऐर घरयासी कामले बिदामा जाने भएकोले ओझाकै संयोजकत्वमा परिक्षा समिती बनाउदै यो कामबाट पंछिए प्रमुख प्रशाशकिय ऐर । ओझाको संयोजकत्वमा ३ जनाको परिक्षा समिती बनाइयो । समितीमा पलिकमा कार्यरत अशोक पाण्डेय ,श्याम राना लाई परिक्षा समितीमा राखियो ।

यहि समितीले माघ ७ गते सुचना जारी गर्दै आवेदक हरुको अन्तिम नामावली सार्वजनिक गरियो । जसमा १३ जना सब ईन्जिनियर र १२९ जना सहायक कम्युटर अपरेटरका लिखित परिक्षाका लागी नामावली भन्दै सुचना जारी गर्यो ,। तर एकै पटक खोलिएको विज्ञापन भएपनी परिक्षा समितीले दुबैको परिक्षा फरक समयमा राख्ने सहमति भयो ।

पहिलो परिक्षा सब ईन्जिनयरको राखियो । माघ १० गते सब ईन्जिनियर पदको परिक्षा भयो उक्त लिखित र प्रयोगात्मक परिक्षाको एकै दिन नतिजा निकाल्दै कर्मचारी छनौट भए । १ जनाको पदमा २ जनालाई बैकल्पिक मा राख्दै नतिजा निकालियो । सरोज सिंह विष्ट उक्त पदमा छनोट हुदा दुई जनालाई बैल्पिकमा राखियो । यसै दिन १९ गते सहायक कम्पयुटर पदको परिक्षा मिती पनि तोकियो ।

विधि प्रकिया पुगाएर कर्मचारी छनौट गरिएको नगरपालिकाको दाबी , स्थानियमा शंकै शंका

१९ माघमा शनिबारमा सहायक कम्युटर अपरेटर पदको परिक्षा बिहान भयो । उसै दिन एकै पटक सुचना जारी गर्दै राति १० बजे नगरपालिकाको बेबसाईटमा अन्तिम नतिजा प्रकाशित भयो । अचम्म के छ भने राती एकै पटक लिखित र प्रयोगात्मक परिक्षाको नतिजा निकाल्दै सुचना जारी भयो । तर सुचनामा ५ बजे प्रयोगातमक हुन्छ भनि भनियो ।

 

सहायक कम्युटर पदको अन्तिम ७मा पलिकाका पुरानै कर्मचरी दोहरिएका छन । पुरानै कर्मचारी दोहराउने भए किन परिक्षा गराएको भनि परिक्षार्थीहरुले बिरोध समेत गरिरहेका छन ।

बेलौरी नगरपालिकाको सहायक कम्युटर अपरेटर पदमा पुरानै कर्मचारी दोहरिए

१६५ आबेदकबाट ५० हजार राजस्व संकलन
दुबै परक्षिामा १६५ जनाको आबेदन परेको थियो ।सब ईन्जिनियरमा १३ र सहायक कम्युटर अपरेटरमा  १५२ जनाले अवेदन दिएका थिए ।

सब ईन्जिनियरमा आवेदन दर्ता गर्दा ४ सय र सहायक कम्युटर अपरेटरमा दर्ता गर्दा ३ सय दस्तुर तोकिएको थियो ।

बेलौरी नगरपालिकाको राजस्व शाखा अनुसारा दुबै पदका आबेदक हरुबाट ५० हजार ८ सय रकम पालिकाको राजस्व शाखामा जाम्मा भएको छ ।

 परिक्षार्थीको प्रश्र : नेताका आफ्ना मान्छे र पुरानै कर्मचारी राख्नै पर्ने भए किन सुचना निकालिएको ?

कर्मचारी छनौटमा जनप्रतिनिधिहरुमाथी लागीरहेको आरोपबिच उपप्रमुखको यो स्ट्याटस !

 

बेलौरी कर्मचारी छनौट विवादमा प्रतिपक्षी दल के भन्छन ?

 

 

 

 

 

 


धेरै पढिएको