कर्मचारी छनौटमा जनप्रतिनिधिहरुमाथी लागीरहेको आरोपबिच उपप्रमुखको यो स्ट्याटस !

के छ नेपाल
२१ माघ २०८१ १९:५१

बेलौरी । बेलौरी नगरपालिकाले करार सेवाका लागी सहायक कम्युटर अपरेटर पदको अन्तिम नतिजा प्रकाशन भएपछि बेलौरी गर्माएको छ । शनिबार उक्त पदका लागी एकैदिन लिखित र प्रयोगात्मक परिक्षापछि अन्तिम नतिजा सार्वजनिक गरिदा अहिले विवाद मच्चिएको छ ।

सहायक कम्युटर अपरेटर पदको सात जनाको अन्तिम नामावलीमा पुरानै सोहि पदमा कार्यरत कर्मचारी छनौट भएका छन । यसमा सबै नगरपालिका र वडामा कार्यरत कर्मचारी हुन । केहि त पलिकाका जनप्रतिनिधि वरपरिका मान्छे पनि हुन ।छनौट भएका मध्येका साहेवलाल चौधरी बेलौरी १० का वडा अध्यक्षका छोरा हुन । त्यस्तै विनोद चौधरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको निजी सचिवालयमा कार्यरत छन । बाकी अन्य बडाहरुमा कार्यरत रहेका छन ।

बेलौरी नगरपालिकाको सहायक कम्युटर अपरेटर पदमा पुरानै कर्मचारी दोहरिए

पुरानै कर्मचारी दोहरिनु र जनप्रतिनिधिका वरपरिका मान्छेहरु छनौट हुनुमा शंका उब्जाएको छ । नतिजा पारदर्शी नभएको भन्दै अहिले बेलौरीमा बहस हुन थालिएको छ । परिक्षार्थिहरुले पनि अन्तिम नतिजा सार्वजनिकमा शंका गरिहेका छन । नेताकै वरपरिका मान्छे राख्ने र पुरानै कर्मचारी राखिने भए किन परिक्षा राखिएको भन्ने परिक्षार्थीले प्रश्र गरिरहेका छन । तर कानुनी बाटो बाटो खोज्ने प्रति कसैको चासो छैन ।

यसबारे पलिकाले आफ्नो स्पष्ट धारणा राखेको छैन । यसै बिवादबीच पालिका उपप्रमुख जोगराम चौधरीले समाजिक संजालमा घुमारो शैलीमा एक पोस्ट लेखेका छन । आज बेलुकी उप्रमुख चौधरीले फेसबुकमा लेखेका छन ‘ तपाईले आफ्नो मष्तिकमा जास्तो बिउ रोप्नु भएको छ फल पनि उस्तै पाउनुहुन्छ । ‘

सकारात्क सन्देश दिएको उपप्रमुखको यो स्टटस हो । पलिकाका जनप्रतिनिधिहरुले आफ्ना मान्छे नियुक्ति गर्न जालझेल गरेको विवादका विच यो स्टाटस किन आयो भन्ने प्रश्र हुन्छ नै । यसबारे उप्रमुख चौधरीसँग बुझदा उनले अहिले बेलौरीको विवाद सँग यो स्टाटस नरहेको बताएका छन । चौधरीले मानिसहरुको दैनिक जिवनमा आवश्क सन्देश रहेको बताए । उनि कार्यक्रमका लागी धनगढी भएकोेले बाँकी कुरा हुन सकेन ।

उपप्रमुख चोधरीले विवाद कारण यो स्ट्याटसको कुनै सम्बन्ध नरहेको बताए पनि पछिलो समय कर्मचारी छनौटमा बेलौरीका जनप्रतिनिधहरुमाथी लागेको आरोपबिच  उनले ब्याङग्यात्मक शैलीमा यो स्टटस लेखिएको अनुमान पनि भईरहेको छ ।

 परिक्षार्थीको प्रश्र : नेताका आफ्ना मान्छे र पुरानै कर्मचारी राख्नै पर्ने भए किन सुचना निकालिएको ?

अन्तिम ७ मा अमर चौधरी ,विनोद चौधरी ,कृष्ण बहादुर बुढा ,साहेवलाल चौधरी ,जगदिश चौधरी , जंग बहादुर चौधरी र मोहन राना छनौट भएका छन । यिनिहरुलाई ७ दिन भित्र नगरपलिकामा उपस्थित हुन भनिएको छ ।

माघ ७ गते प्रकाशित आवेदकहरुको अन्तिम नामावलीमा १५२ जनो उक्त पदमा आवेदन दिएका थिए । हिजो लिईएको लिखित परिक्षामा १०३ जना सहभागी थिए । मंसिर महिनाको पहिलो हप्ता पलिकाले करार सेवाका लागी सव ईन्जीनियर पद र सहायक कम्युटर अपरेटर पदका लागी अन्तिम नामावली सार्वजनिक गरेको थियो । सव ईन्जीनियर पदको माघ १० गते अन्तिम नतिजा प्रकाशन गरिएको थियो ।


धेरै पढिएको