जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी रास्वपा कार्यकर्ताको नाराबाजी

के छ नेपाल
२४ मंसिर २०८१ १७:१५

काठमान्डौ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्ताले नाराबाजी गरेका छन् ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार पर्सा लगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा लामिछाने अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा छन । आज बिहान पोखराबाट काठमान्डौ ल्याई लामिछानेलाई पर्सा लगिएको छ । रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ ।


धेरै पढिएको