टाइब्रेकरमा नेपाल ३–० ले विजयी

के छ नेपाल
१३ कार्तिक २०८२ १९:३२

काठमाडौँ । नेपालले भारतलाई टाइब्रेकरमा ३–० ले हराएको छ । बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल निर्धारित समयमा १–१ को बराबरीमा टुंगेको थियो ।

नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक रहिन् र उनले भारतका दुई प्रहार रोकिन् ।

भारतको एक अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे ।

कप्तान अनिता बस्नेतको प्रहार भने बाहिरिएको थियो । त्यस अगाडि नेपाल एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकाल्न सफल भएको हो ।

सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतले सौम्या गुगुलोथको गोलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपाल बराबरी गोल फर्काउन सफल रह्यो ।

 


धेरै पढिएको