दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुने
काठमाडौं । फागुनमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
बुधबार राष्ट्रिय खेलकुद परिषद् राखेपको.१२३औं बोर्ड बैठकले फागुन १ देखि ७ सम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो ।
नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।
२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।
तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।
आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्याइएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस