चितवनले भित्र्यायो ३ विदेशी क्रिकेटर ,२ पुरानै

के छ नेपाल
५ कार्तिक २०८२ १७:०४

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी भित्र्याएको छ। जसमा २ खेलाडी त गत सिजनको एनपिएल खेलिसकेका छन ।

चितवनले गत सिजन खेलेका सोहेल तन्विर र रवि बोपारालाई फेरी भित्र्याएको हो ।सोहेल पाकिस्तानको राष्ट्रिय टोलीका पूर्व तीव्र गतिका बलर हुन भने बोपारा इंग्ल्यान्डका अलराउण्डर हुन ।

दुबैले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । चितवनले यि दुईका अलावा इंग्ल्यान्डका डेविड मलानलाई पनि भित्र्याएको छ।

पहिलो पटक नेपाल आउन लागेका मलानले इंग्ल्यान्डका लागि २२ टेस्ट, ३० एकदिवसीय र ६२ टी(२० खेलेका छन्।

टप अडर ब्याटर मलानले एकदिवसीयमा ६ शतक हानेका छन् भने टी-२० मा १६ अर्धशतक प्रहार गरेका छन्।

उनले आइपिएल टिम पञ्जाब किंग्ससहित बिग ब्यास लिग र पाकिस्तान सुपर लिग खेलेका थिए।

यो सिजनको एनपिएल मंसिर १ देखि सुरू हुँदैछ।

 


धेरै पढिएको