दक्षिण अफ्रिकाका बलर वायन पार्नेल जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

के छ नेपाल
१३ कार्तिक २०८२ १९:१२

काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायन पार्नेल नेपाल आउने भएका छन ।

उनि जनकपुर बोल्ट्सबाट एनपिएल खेल्न नेपाल आउने भएका हुन । जनकपुरले बुधबार यसको घोषणा गरेको हो।

पार्नेलले दक्षिण अफ्रिकाका लागि ६ टेस्ट, ७३ एकदिवसीय र ५६ टी-२० खेल खेलेका छन्। उनले भारतको आइपिएलदेखि पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर जस्ता चर्चित टी-२० फ्रेञ्चाइज टी-२० लिग खेलेका छन्।

उनले सन् २०२३ मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट आइपिएल खेलेका थिए।


धेरै पढिएको