एन्फा महासचिव राई निलम्बित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई निलम्बनमा परेका छन् ।
कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले उनलाई निलम्बन गरेका हुन् ।
निलम्बनपछि कार्यवाहक महासचिवमा संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको छ ।
महासचिव राईले साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको आरोप छ ।
यसबारे अध्यक्ष खड्काले राईलाई स्पष्टीकरण समेत सोधेका थिए । तर सो स्पष्टीकरणको उनले जवाफ नदिएको बताइएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस