धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

के छ नेपाल
२९ असोज २०८२ १४:४७

विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दिगालेमा दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

 


धेरै पढिएको