प्रहरीकै आधुनिक हतियार प्रहरीलाई नै बेच्न खोज्दा धमला पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको आधुनिक हतियारसहित एक युवक पक्राउ परेका छन ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोलसहित बुधवार कैलालीको टिकापुर–१ का शिवराज धमलालाई पक्राउ गरेको हो।
उनलाई तारकेश्वर नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई लुटिएको हतियार खोजीमा खटिएको प्रहरीको विशेष टोलीका सदस्य हतियारको खरिदकर्ता भएर सम्पर्क गरेको थियो ।
उनले पेस्तोल बेच्नसक्ने बताएपछि हतियार हेर्न भनेर गएको टोलीको सदस्यले नै उनलाई पक्राउ गरेका थिए।
हतियार भदौ २४ गते लुटिएको खुले पनि कहाँ लुटिएको खुलेको छैन। प्रहरीले यसबारे अनुसन्धान अगाडि बढाएको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस