घरबाट फोहर बाहिर ननिकाल्न महानगरको अनुरोध

के छ नेपाल
१५ कार्तिक २०८२ १४:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न अनुरोध गरेको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर मैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

 

 

 

 


धेरै पढिएको