सात नयाँ राजनीतिक दल दर्ता

के छ नेपाल
१ मंसिर २०८२ १६:२९

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन घोषणा भएदेखि आइतबारसम्म सात वटा नयाँ राजनीतिक दल दर्ता भएको र सात वटा राजनीतिक दल खारेज भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

हालसम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेका छन ।

प्रवक्ता भट्टराईका अनुसार २८ वटा दल दर्ताको प्रक्रियामा नै रहेका छन ।

दर्ताको प्रक्रियामा रहेका दलले कागजात पूरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने छैनन ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न सूचना प्रकाशन गरिसकेको छ ।

 


धेरै पढिएको