टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर भाइरल , अनुसन्धान गर्दै प्रहरी

के छ नेपाल
२६ असोज २०८२ १६:४६

काठमाडौं । जेनजी आन्दोलनको क्रममा टीओबी (द ओरिजिनल ब्रदर्स) समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएको छ ।

तस्वीरमा टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडि पेस्तोल घुसार्दै गरेको देखिन्छ।

तर, ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन् वा होइनन् भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन। तस्विर सामाजिक सञ्जालमा निकै भाइरल छ ।

प्रहरीले यसबारे आन्तरिक रूपमा बुझ्ने र अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।

 

 

 


धेरै पढिएको