गुण्डुमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी
काठमाडौं । भक्तपुरस्थित गुण्डुमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार स्थगित भएको बैठक आज बसिरहेको हो ।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको थियो ।
बैठकमा पदाधिकारीहरुले आ-आफ्नो धारणा राखिरहेका छन । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
त्समा ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका थिए । आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस