प्रचण्डको सचिवालयबाट गंगाले दिइन राजिनामा
काठमाडौं ।गंगा दाहालले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट राजीनामा दिएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले प्रचण्डको सचिवालयबाट राजीनामा दिएको जानकारी दिएकी हुन ।
प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको सचिवालय हेर्दै आएकी थिइन्।उनले आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरूद्ध योजनाबद्ध प्रहार भएका कारण राजीनामा दिएको बताएकी छन्।
‘मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु’ उनले भनेकी छन्।
संयोजक प्रचण्डको सचिवालयबाट राजीनामा दिए पनि आजीवन पार्टीमा क्रियाशील हुने उनको भनाई छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस