कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
file photo
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकआइतबारसम्म स्थगित भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक रोकिएको हो।
कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशन गर्ने विषयमा बहस जारी छ। संस्थापन पक्ष चुनावपश्चात् १५औँ महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वयको समूह मंसिरमा नियमित महाधिवेशन गर्ने अडानमा रहेको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस