भण्डारीको सदस्यता नवीकरण माग्नेलाई ओलीको जवाफ : ‘माइती बनेर नआउनु’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई जवाफ फर्काएका छन् ।
बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य दिने क्रममा ओलीले आफू विद्या भण्डारीको सदस्यता नवीकरण माग्नेहरूतर्फ इंगित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताएका हुन ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’
त्यस्तै उनले बरु भण्डारीले आएर सघाउनुपर्ने समेत बताए ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस