खोकीको औषधी कफ सिरप ‘कोल्ड्रिफ’ बनाउने कम्पनीका मालिक पक्राउ
नयाँ दिल्ली ।विषाक्त खोकीको झोल औषधि ‘कोल्ड्रिफ’ कम्पनीका मालिक रंगनाथनलाई प्रहरीले पक्राउ गरेको छ ।
मध्य प्रदेश प्रहरीले चेन्नईबाट तमिलनाडुस्थित औषधि कम्पनी स्रसेन फार्माका मालिक रंगनाथनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, कोल्ड्रिफ सिरपमा मिसावट पुष्टि भएको छ । उक्त औषधी सेवनका कारण भारतको मध्य प्रदेश राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भइसकेको छ ।
यो सिरप मध्य प्रदेशमा व्यापक रूपमा वितरण गरिएको थियो र यसको सेवन गरेपछि धेरै बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोग्नु परेको थियो ।
स्रसेन फार्माका मालिक एस रंगनाथनलाई हिजो राति पक्राउ गरिचेन्नईको अदालतमा पेस गरिनेछ र ट्रान्जिट रिमान्ड प्राप्त गरेपछि छिन्दवाडा ९मध्य प्रदेश०क ल्याइने भनिएको छ ।
रंगनाथनको हिरासतपछि, प्रहरी र स्वास्थ्य विभागले स्रसेन फार्मा विरुद्ध अनुसन्धान तीव्र पारेको छ । सिरपको उत्पादनमा गुणस्तर मापदण्डलाई बेवास्ता गरिएको र परिणामस्वरूप घातक उत्पादन बजारमा पुगेको प्रारम्भिक अनुसन्धानले खुलासा गरेको छ ।
मध्य प्रदेश प्रहरीले चेन्नईस्थित कम्पनीको कार्यालयमा छापा मारेर धेरै कागजातहरू जफत गरेको छ ।
सिरपको वितरण सञ्जाल र उत्पादन बेच्ने फार्मेसीहरूमाथि पनि अनुसन्धान भइरहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस