घुस डिल गरिएको अडिओ प्रकरणमा २ जना पुर्वमन्त्री सहित ७ जनाविरुद्ध मुद्धा दर्ता

के छ नेपाल
२२ असोज २०८२ १८:१७

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, राजकुमार गुप्ता सहित ७ जना विरूद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले बुधबार विशेष अदालतमा दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालिन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी÷विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यमकुमारी गुरूङ, तुल्सीराम बुढामगरविरूद्ध मुद्दा गरेको हो ।

पूर्व मन्त्री गुप्ता र श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो कायम गरिएको छ । व्यक्तिअनुसार फरक फरक विगो कायम गरिएको छ । पोखरा महानगरपालिका–१६ मा रहेको दिप विर्ता (लिची बगैचा) मा रहेको भनिएको नक्सा न २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।

 


धेरै पढिएको