नेताहरूको मात्रै नभएर परिवार, नातेदारको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।
उनले नेताहरूको मात्रै नभएर परिवार, नातेदार र अन्य निकटसम्मको पनि छानबिन गर्नुपर्ने पनि बताए ।
उनले भनेका छन्, ‘अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ। तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।’

के छ नेपाल
प्रतिक्रिया दिनुहोस