अब एउटै दिनमा सेयर किन्न र बेच्न पाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिनभित्र सेयर खरिद र बिक्री गर्न सकिने इन्ट्रा–डे कारोबार प्रणाली लागू गर्ने तयारी गरेको छ।
बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यो व्यवस्था समेटिएको हो।
इन्ट्रा-डे कारोबार अन्तर्गत लगानीकर्ताले एउटै सेयर दिनभरि पटक–पटक किनबेच गर्न सक्नेछन्।
हाल भने कारोबार गरिएको सेयर दुई दिनपछि मात्र सम्बन्धित लगानीकर्ताको खातामा आउने टिप्लसटू प्रणाली लागू छ, जसका कारण पुनः कारोबार तत्काल सम्भव हुँदैन।
नयाँ प्रणाली लागू भएपछि सेयर दिनभरिको कारोबारका आधारमा केवल खुद सेयर (नेटी सेटलमेन्ट) अनुसारको रकम भुक्तानी गर्नुपर्ने व्यवस्था हुनेछ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस