सुनको मुल्य २ लाख नाघ्यो

के छ नेपाल
१३ भदौ २०८२ ११:०३

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँ मुल्य बढेको हो ।

त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको छ ।


धेरै पढिएको