२९ भदौदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

के छ नेपाल
१५ भदौ २०८२ ११:१८

काठमाडौं । भदौ २९ गतेदेखि दसैँका लागि नयाँ (सुकिला) नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघरसंस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

 

 

 


धेरै पढिएको