सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ !
काठमाडौँ । सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ ।
यो सुनको मूल्य हालसम्मकै उच्च हो ।सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस