पौने २ लाखले गरे नाडा अटो शो अवलोकन

के छ नेपाल
१० भदौ २०८२ ९:१५

काठमाडौँ । १७ औं संस्करणको ‘नाडा अटो शो–२०२५’ सकिएको छ । भृकुटीमण्डपमा सञ्चालित ‘नाडा अटो शो मा गत वर्षको तुलनामा दोब्बरले अवलोकन गरेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

नाडाका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक सहभागीता रह्यो ।

सबैभन्दा बढी अवलोकनकर्ता गाडी निर्माता कम्पनी दीपलको स्टलमा पुगेको नाडाको भनाइ छ । दीपलको फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी )तथा रोबोटसँगै गाडीहरू पनि प्रदर्शनमा राखिएका थिए ।

प्रदर्शनीमा फ्लाइङ ट्याक्सी, रोबोट, भिन्टेज गाडीलगायत राखिएको थियो ।

 

 

 

 

 


धेरै पढिएको