विदेश यात्रा गर्ने नेपालीहरूले ३ हजार डलरसम्म लैजान पाउने

के छ नेपाल
२७ असार २०८२ १४:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि साथमा लैजान सकिने वैदेशिक मुद्राको सीमा बढाएको छ ।

आज सार्वजनिक मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यो सीमा २५ सय अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याएको हो ।

राष्ट्र बैंकले विदेशी मुद्राको व्यवस्थापनलाई सन्तुलनमा राख्ने, अवैध हुन्डी कारोबारमा कमी ल्याउने र वैध माध्यमबाट मुद्रा विनिमय प्रवर्द्धन गर्ने उद्देश्यले यो सीमा समायोजन गरेको जनाएको छ ।

यो निर्णयले वैदेशिक भ्रमणमा जाने नेपालीलाई खर्च धान्न सहज हुने अपेक्षा गरिएको छ ।

 


धेरै पढिएको