न्यूरोडमा सुनचाँदी व्यवसायीहरुको प्रदर्शन
काठमाडौं। काठमाडौंको न्यूरोडमा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
उनिहरुले आन्दोलनको पूर्वनिर्धारित तालिका अनुसार आज असार २३ गते पनि एक घण्टा प्रदर्शन गरेका हुन् ।
उनीहरुले २४ गते उपत्यकाका जिल्लारनगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठी आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।
साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस