गभर्नर पौडेलको २३ करोडभन्दा बढीको सम्पत्ति

के छ नेपाल
११ असार २०८२ १५:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले करिब २३ करोड रुपैयाँ बराबरको विवरण सार्वजनिक गरेका हुन ।

गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सोहि अनुसार उनले नेपाल राष्ट्र बैंकमा विवरण पेश गरेका छन।

उनले बुझाएको विवरण अनुसार श्रीमती प्रतिभाको नाममा दुई ठाउँमा घरजग्गा रहेको छ। ललितपुरको ५ आना २ दाम क्षेत्रफलको जग्गामा २७९५ वर्गफिटको घर छ। यो घरजग्गा पैतृक सम्पत्ति र स्वआर्जन गरी १ करोड ५५ लाख रुपैयाँमा खरिद गरिएको उनले विवरणमा खुलाएका छन ।

त्यस्तै उनको आर्को घर नवलपरासीको गैंडाकोटमा छ । सो घरपनि उनले पैतृक सम्पत्ति र स्वआर्जनबाट ६० लाख रुपैयाँमा खरिद गरिएको उल्लेख गरेका छन ।

विवरणमा गभर्नर पौडेलसँग ४५ तोला सुनका गहना र करिब १५ लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख छ। सुन भने पैतृक रुपमा प्राप्त भएको उल्लेख छ।

पौडेल र उनकी पत्नीको संयुक्त नाममा विभिन्न बैंकमा २० लाख ६८ हजार रुपैयाँ बचत रहेको छ। यो रकम सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकमा जम्मा गरिएको छ।

पौडेलको डलर खातामा ६६ अमेरिकी डलर र उनकी पत्नीको खातामा ४ हजार ४ सय ४६ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ।

पौडेल र उनकी पत्नीको नाममा १४ करोड रुपैयाँभन्दा बढीको सेयर रहेको छ। साथै, श्रीमतीको नाममा ४४ लाख रुपैयाँमा खरिद गरिएको सुजुकी कार रहेको विवरणमा उल्लेख छ।

 


धेरै पढिएको