नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।
बैंकको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले यो निर्णय गरेको हो ।
हालका कार्यवाहक सीईओ रहेका ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन ।
उनको नियुक्ति आजैको मितिबाट लागू भएको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस