नेपाल आउदा भारतियले ५ हजार डलरसम्म ल्याउन पाउने
काठमाडौं । सरकारले भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार रुपैयाँको पुरानो मुद्रा सीमा बाध्यता हटाएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा भारतीय नागरिकले पनि अन्य विदेशी पर्यटकसरह ५ हजार अमेरिकी डलर (अन्दाजी ६ लाख ६५ हजार रुपैयाँ) बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन सक्ने व्यवस्था गरिएको छ।
यो व्यवस्थासँगै भारतीय पर्यटक पनि अन्य विदेशी नागरिकसरह उच्च मूल्यको रकम ल्याउन योग्य भएका छन्।
यसअघि भारतीय पर्यटकलाई मात्र लागू हुनेगरी अधिकतम २५ हजार रुपैयाँसम्ममात्र नेपाल भित्र्याउन पाउने सीमा कायम थियो।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस