युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा

के छ नेपाल
१६ जेठ २०८२ १८:५०

काठमाडौं । सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिना धितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने मन्त्री पौडेलले बताए ।

राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

 

 


धेरै पढिएको