महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
काठमाडौं । महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षबाट यस्तो व्यवस्था गर्न लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको जानकारी दिए ।
महिलाका नाममा उद्योग वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, अर्थमन्त्री पौडेलले भने ।
‘उनले महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने बताए ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस