अब मोबाइल बैंकिङबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने

के छ नेपाल
१९ चैत २०८१ १२:३४

काठमाडौं । अब मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बुधबार एक सूचना प्रकाशन गर्दै शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको हो ।

एनसीएचएलका अनुसार रिटेल पेमेन्ट स्विच (आरपीएस)प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दारझिक्दा ५०० रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्ने छैन ।

यी माध्यमबाट ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५००० माथिको हकमा ८ रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै क्रेडिटर तथा मर्चेन्ट भुक्तानीमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० सम्मको भुक्तानीमा ४ रुपैयाँ र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ ।

सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा रकम पठाउन ग्राहकलाई कुनै शुल्क नलाग्ने एनसीएचएलले जनाएको छ ।


धेरै पढिएको