कञ्चनपुर भन्सार कार्यालयले ६ महिनामा कति गर्याे राजश्व संकलन ?

के छ नेपाल
१ फागुन २०८१ १९:०९

कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउन देखि पुष सम्म) मा २९ करोड २५ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यो रकम कार्यालयको वार्षिक लक्ष्य ७४ करोड ५ लाख रुपैयाँको ३९.५० प्रतिशत हो। गत आर्थिक वर्ष २०८०/८१ मा यस कार्यालयले ५९ करोड ६९ लाख ६ हजार रुपैयाँको लक्ष्य राखेको थियो भने ५४ करोड ३८ लाख ९१ हजार रुपैयाँ (कुल लक्ष्यको ९१.१२ प्रतिशत) संकलन गरेको थियो।

चालु आर्थिक वर्षमा कार्यालयले ३५ करोड ७ लाख ६९ हजार रुपैयाँ राजश्व तोकेको थियो, तर साउन देखि पुष सम्ममा २९ करोड २५ लाख १३ हजार रुपैयाँ मात्र संकलन गर्न सकिएको छ। यो लक्ष्यको ३९.५० प्रतिशत हो, जुन लक्ष्य अनुसारको १५ प्रतिशत कम हो। कार्यालयका प्रमुख राजन बाबु काफ्लेका अनुसार, सिमित ब्यापारी, जिर्ण बन्दै गएको बनबसा पुल, मालवाहक ठूला सवारी साधनको आवत-जावतमा कठिनाई जस्ता समस्याले गर्दा व्यापारीहरूले यो नाका कम प्रयोग गरेका छन्। यसले राजश्व संकलनमा गिरावट ल्याएको उनले बताए।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको राजश्व संकलन तथ्याङ्कः

  • साउन महिना: लक्ष्य ५ करोड ६६ लाख, संकलन ४ करोड २६ लाख ६६ हजार
  • भदौ महिना: लक्ष्य ६ करोड २२ लाख ८ हजार, संकलन ४ करोड ९२ लाख २२ हजार
  • असोज महिना: लक्ष्य ५ करोड ९० लाख १८ हजार, संकलन ५ करोड ३९ लाख ६४ हजार
  • कार्तिक महिना: लक्ष्य ५ करोड ९० लाख १ हजार, संकलन ५ करोड ३३ लाख ६ हजार
  • मंसिर महिना: लक्ष्य ६ करोड ६ लाख ६३ हजार, संकलन ४ करोड ६७ लाख ८६ हजार
  • पुष महिना: लक्ष्य ६ करोड २ लाख १६ हजार, संकलन ४ करोड ६३ लाख १० हजार

कञ्चनपुर भन्सार कार्यालयबाट तरकारी, फलफूल, गुड, मिस्री, कपडा, हार्डवेयरका सामान लगायत कृषिजन्य समाग्रीहरू आयात हुने गर्दछ। यसैगरी, निर्यात हुने सामानमध्ये रिठा र हस्तकलाका सामाग्री भारत निर्यात हुने गरेका छन्। प्रमुख काफ्लेले सरकारले गड्डाचौकी सिमानाको समस्यालाई नजरअन्दाज गर्दा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताएका छन्।


धेरै पढिएको