भोलिदेखि चितवनमा ‘मह उत्सव’
काठमान्डौं । महको बजारीकरणका लागि भोलिदेखि चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले पुस १५ गतेसम्म मह उत्सव आयोजना गर्ने भएको छ । मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण गर्न मह उत्सव आयोजना गर्न लागिएको हो ।
परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ । आर्थिक वर्ष २०७५र ७६ देखि चितवनमा मौरीजोन स्थापना भएको छ ।
परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने , ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस