दशै तिहारमा रिलिज भएका ७ फिल्मले कति कमाए ? हेर्नुस बक्स अफिस रिर्पोट !
काठमाडौं । चलचित्र विकास बोर्डले यस वर्षको दशैतिहारमा लगेका फिल्मको बक्स अफिस आँकडा सार्वजनिक गरेको छ । हरेक सोमबार बोर्डले बक्स अफिस आँकडा सार्वजनिक गर्ने गर्दछ ।
बोृर्डले सार्वजनिक गरेको आँकडा अनुसार रिलिज भएका ७ फिल्म मध्ये ‘जेरीः अन टप’ले सबैभन्दा बढि व्यापार गरेको छ ।
तेस्रो शनिबारसम्म ‘जेरीः अन टप’ले बक्स अफिसमा १० करोड ५१ लख ४८ हजार ८ सय ३ रुपैयाँ २० ग्रस कलेक्सन गरेको छ । फिल्मको ३ लाख ३३ हजार ६०५ टिकट ब्रिकी भएको छ ।
त्यस्तै दशैमा रिलिज भएका फिल्म बलिदानले ५ कारोड १० लाख ३४ हजार ८०२ रुपैँया ,हरिबहादुर जुत्ताले ४ लाख ७१ लाख ३७ हजार ६८७ रुपैँया र माईतीघरले ४ करोड १५ लाख ५१ हजार ८८८ रुपैँया व्यापार गरेका छन ।
त्यस्तै तिहारमा रिलिज भएका फिल्म बरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ४८८ रुपैँया ,मैझारोले १ कारोड ९५ हजार ३०९ रुपैँया र सोल्टिनीले २८ लाख ८० हजार १५६ रुपैँया कमाएको छ ।


के छ नेपाल
प्रतिक्रिया दिनुहोस