‘झरीपछिको इन्द्रेणी’ पुसमा आउने
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ को प्रदर्शन मिति तय भएको छ । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म पुस ४ गते आउने भएको हो ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्।बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय रहेको छ । निर्देशक घिमिरेको कथा रहेको यस फिल्ममा पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेको छ ।
फिल्ममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पनि गीत पनि समावेश छ। अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् भने अनु थापा, पंकज खड्का र राम कार्की सह–निर्माताको रूपमा रहेका छन्।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस