कस्तो छ ‘धागो’को ट्रेलर ?
काठमाडौँ । नयाँ नेपाली फिल्म ‘धागो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार सार्वजनिक ट्रेलरले फिल्मको कथा स्पष्ट पारेको छ । ट्रेलरमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरेको छ ।
ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ ।
यो फिल्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक कथामा बनेको निर्देशक उदिप राणा थापा थापाले जानकारी दिए ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ भने उनीसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा रहेकी छन् ।
म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन् ।
फिल्मको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम। घोघले रहेका छन् ।
‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ ।
आरआर फिल्म्सले नेपालमा वितरण गर्नेछ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस