जेनजी आन्दोलनका क्रममा भागेका कैदीको हत्या

के छ नेपाल
९ कार्तिक २०८२ १२:२९

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको हत्या भएको छ ।

शुक्रबार राति धारिलो हतियार प्रहार गरेर पूर्वी नवलपरासीस्थित इँट्टाभट्टा नजिकै ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् ।

हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । जेनजी प्रदर्शनको क्रममा कुमाल भिमफेदी कारागारबाट फरार भएका थिए ।

बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

२०७४ साउन ३ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

 


धेरै पढिएको