स्वागत नेपाललाई सोधपुछका लागि ब्युरोले बोलायो

के छ नेपाल
५ कार्तिक २०८२ १२:०६

काठमाडौं । साइबर ब्युरोले अधिवक्ता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ।

नेपालविरूद्ध उजुरी परेपछि सोमबार ब्युरोले उनलाई सोधपुछका लागि बोलाएको हो।

स्वागत नेपालले पनि सोमबार साँझ एक भिडिओ राखेर आफूलाई साइबर ब्युरोबाट फोन आएको बताएका थिए ।

उनले भिडिओमा आफूले पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि नैतिकताको प्रश्न उठाएकाले उजुरी गरिएको बताएका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान विपरीत काम गरेको उनको भनार्य छ ।

 


धेरै पढिएको