कञ्चनपुरमा प्रहरीका सई कुटिए

के छ नेपाल
१ कार्तिक २०८२ १९:३५

कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको छ। बिहीबार साँझ भीमदत्त नगरपालिका( ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा ब्रम्हदेब प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट भएको हो।

सई चन्दमाथि निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जोगबुढा गइरहेका यात्रु र चालकले कुटपिट गरेका थिए ।

जसको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुटाइबाट घाइते भएका सई चन्द महाकाली अस्पतालमा उपचारपछि राती नै डिस्चार्ज भएका छन ।

सई चन्दमाथि यसअघि पनि व्यवसायी तस्कर समुहबाट पैसा असुलेको आरोप लाग्दै आएको छ ।यद्यपी ति आरोप पुष्टी भने भएको छैन ।

सई चन्दमाथि कुटपिट गर्ने तेज बहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

दुई युवकलाई को छ । तर चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन ।


धेरै पढिएको