सिके राउत किन गए सर्वोच्च अदालत ?
काठमाडौँ । जनमत पार्टी दल दर्ता रोक्नुपर्ने माग गर्दै अध्यक्ष सीके राउत सर्वोच्च अदालत पुगेका छन् । राउतले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
यो कार्य अवैधानिक भएको भन्दै सिकेले अदालतमा रिट दर्ता गराएका हुन । बिहीबार दर्ता भएको रिटको पहिलो पेशी शुक्रबार तोकिएको छ ।
राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् ।
रिटमा दल विभाजनको वैधानिक आधार नभएको र आयोगले दर्ता गराउन सक्ने भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस